पुकार बमलाई शुभकामना दिंदै राजेश हमालले भने– युवाको जोश र विज्ञतालाई सदनमा पुयाउनुपर्छ - Crazysaptahik.com

पुकार बमलाई शुभकामना दिंदै राजेश हमालले भने– युवाको जोश र विज्ञतालाई सदनमा पुयाउनुपर्छ

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले मुलुक गर्माएको छ । केही सेलिब्रिटी चुनावी प्रतिस्पर्धामा समेत छन् भने कतिपय सेलिब्रिटी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा खुलेर भोट समेत मागिरहेका छन् ।

यस्तोमा समाज र राजनीतिमा विशेष चासो राखे पनि अभिनेता राजेश हमाल भने कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा खुलेको देखिएको छैन । तर उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुकार बमलाई शुभकामना दिएका छन् ।

बमसँगको निर्वाचन विशेष छलफलमा हमालले परिवर्तनको हिस्सा बन्न एकमत हुन सुझाव दिए । खराब राजनीतिक संस्कारले समाजलाई पिरोलेको र यसबाट मुलुकलाई मुक्त गर्न सक्षम र अनुभवी नेतृत्वलाई सदनलाई पुयाउन आवश्यक रहेको अभिनेता हमालले बताए ।

युवापुस्ताको जोस र विज्ञतालाई संसदमा पुयाउन सकेमा देशले विकृति र विसंगतिका कुराबाट निकास पाउने उनको धारणा थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.