मनी लाउन्ड्रिङ मुद्दामा ज्याकलिनलाई जमानत, विदेश भ्रमणमा पनि जान पाउने - Crazysaptahik.com

मनी लाउन्ड्रिङ मुद्दामा ज्याकलिनलाई जमानत, विदेश भ्रमणमा पनि जान पाउने

२०० करोड भारुको मनी लाउन्ड्रिङ (मुद्राको अवैध ओसारपसार) मुद्दामा अदालतले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ । अदालतले दुई लाख भारु मुचुल्का र दुई लाख भारु जमानत दिन भनेको छ ।

तर प्रवर्तन निर्देशनालय (ईडी)ले चाहिं जमानत दिने अदालतको आदेशप्रति आशंका व्यक्त गर्दै ज्याकलिनले देश छाडेर भाग्न सक्ने बताएको छ । यो मुद्दामा दिल्लीको पाटियाला हाउस अदालतमा सुनुवाइ भइरहेको थियो ।

यसकै सिलसिलामा ज्याकलिन अदालत आउजाउ गरिरहेकी थिइन् । सुनुवाइको लागि उनी लगातार वकिलकै पहिरनमा अदालतमा पुगिरहेकी थिइन् । ईडीले ज्याकलिनविरुद्ध पर्याप्त प्रमाणहरु रहेको बताएको थियो ।

ईडीको तर्फबाट वकिलले भनेका थिए, ‘ज्याकलिन विदेशी नागरिक हुन् । उनको परिवार श्रीलंकामा बसोबास गर्छ । उनले डिसेम्बर २०२१ मा भाग्ने प्रयास गरेकी थिइन् ।’ साथै वकिलले ज्याकलिनले प्रमाण नष्ट गर्ने र विदेश भाग्न सक्ने आशंका पनि गरेका थिए ।

सुकेश चन्द्रशेखरसँग जोडिएको २०० करोड भारु प्रकरणमा ईडीले ज्याकलिनविरुद्ध मुद्दा दायर गरेको थियो । सुकेशले ज्याकलिनलाई महंगा उपहार पनि दिएका थिए ।

सम्बन्धित खवर