
क्रेजी संवादाता
पथरी,
प्रबासमा बस्दै आएका पथरीशनिश्चरेका सर्जक सरोज खडकाको झमोरङ पथरीञ गित सार्बजनिक भएको छ । खडकाको रचनामा रहेको झमोरङ पथरीञ मा बिश्व शान्त राई र पबित्रा गुरुङले स्वर दिएका छ्न ।
बुद्धिमान बराइलीको संगित रहेको गितमा पुर्वि मोरङको पथरी बजारका बारेमा समेटिएको छ ।
पथरी बजारमा रहेको भुल्के पर्यटकिय क्षेत्र देखि पथरीको पहिचान बनेको तोङ्बा सुकुटि समेतलाई गितमा समेटिएको छ ।
अडियो सार्बजनिक गरिएकोमा छिट्टै भिडियो समेत निर्माण गरिन लागेको गितका रचनकार खडकाले जानकारी दिए । प्रबासमै रहेका शेरु बराइली, बिनोद भण्डारी डिबि कुलुङले गित निर्माणमा सहयोग गरेका छन ।

