‘नम्बरी सुन’मा नम्रता र आमेशले जोडी बाँध्ने - Crazysaptahik.com

‘नम्बरी सुन’मा नम्रता र आमेशले जोडी बाँध्ने

राजु गिरीले निर्देशन गर्ने फिल्म ‘नम्बरी सुन’को नायिकामा नम्रता सापकोटा अनुबन्धित भएकी छन् । शुक्रबार निर्माता नारायण खाती र नम्रताबीच सम्झौता भएको छ । उनले आमेश भण्डारीसँग अनस्क्रिन रोमान्स गर्नेछिन् ।

आमेश र नम्रताले पहिलोपटक फिल्ममा सहकार्य गर्न लागेका हुन् । लामो समयपछि यी दुवैको यो कमब्याक फिल्म हुनेछ । फिल्ममा सरोज खनाल, राजाराम पौडेल र स्मृति वलीको पनि अभिनय हुनेछ ।

माघ २० गतेदेखि फिल्मको छायांकन गर्ने तयारी छ । ऐतिहासिक सामाजिक कथामा निर्माण हुने बताइएको फिल्ममा निर्माता खातीकै कथा तथा गीत लेखन हुनेछ भने सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन र रामजी लामिछानेको नृत्य निर्देशन हुनेछ ।

‘नम्बरी सुन’बाट राजेन्द्र खड्गीले लामो समयपछि द्वन्द्व निर्देशनमा कमब्याक गर्दैछन् । लमजुङ, हेटौंडा र काठमाडौंमा फिल्मको छायांकन हुनेछ ।

नम्रताको अर्को फिल्म ‘डेसान’ मंसिर २३ मा रिलिज हुँदैछ । आमेशका यसअघि ‘फूलैफूलको मौसम तिमीलाई’ र ‘तँ म र ऊ’ फिल्म प्रदर्शनमा आएका छन् ।

सम्बन्धित खवर