‘भ्वाइस अफ नेपाल’मा नकआउट प्रतिस्पर्धा : टीम राजेशबाट को–को लाइभ शोमा प्रवेश गरे ? - Crazysaptahik.com

‘भ्वाइस अफ नेपाल’मा नकआउट प्रतिस्पर्धा : टीम राजेशबाट को–को लाइभ शोमा प्रवेश गरे ?

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनमा यतिबेला नकआउट राउण्ड जारी छ । गतसाता टीम राजु र प्रमोदबाट ९ जना प्रतिस्पर्धी लाइभ शोमा प्रवेश गरेका छन् ।

शुक्रबार राती टीम राजेशका ट्यालेन्टबीच नकआउट प्रतिस्पर्धा भयो । जसबाट भूपेन्द्र रणपाल, पदम राई र सविना योङहाङ लाइभ शोमा प्रवेश गरेका छन् । सविना यो सिजनमा लाइभ शोभा प्रवेश गर्ने पहिलो महिला ट्यालेन्ट हुन् ।

आज (शनिबार) कोच प्रविशा अधिकारीको समूहबीच नकआउट प्रतिस्पर्धा हुँदैछ । आगामी शुक्रबार लाइभ शो सुरु हुँदैछ जहाँ दर्शकले आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट दिन सक्नेछन् ।भ्वाइसको चौंथो सिजन हिमालय टिभीबाट शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुँदै आएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.