सैफ अली खान भन्छन्, ‘पैसा कमाई हुने भए मात्र सामाजिक सञ्जाल चलाउँछु’ - Crazysaptahik.com

सैफ अली खान भन्छन्, ‘पैसा कमाई हुने भए मात्र सामाजिक सञ्जाल चलाउँछु’

बलिउड अभिनेता सैफ अलि खानलाई एक अन्तर्वार्तामा सोधियो, ‘किन तपाईं सामाजिक सञ्जालसँग दूरी बढाउनुहुन्छ ?’ सैफले सहज जवाफ दिए, ‘किनभने मलाई कुनै झन्झटमा पर्नु छैन ।’

अर्थात सामाजिक सञ्जालमा सक्रिय रहँदा कुनै न कुनै झमेलाले छोपिरहन्छ भन्ने उनको बुझाई रहेछ । यद्यपि पैसा कमाउनका लागि आफु सामाजिक सञ्जालमा आउन सक्ने उनको संकेत थियो ।

सामाजिक सञ्जालको कुरामा सैफ अली खान र उनकी श्रीमती अर्थात अभिनेत्री करिना कपूर ठ्याक्कै विपरित छन् । करिना सामाजिक सञ्जालमा औधि सक्रिय छिन् । तर, सैफ भने निस्क्रिय ।सैफले भनेका छन्, ‘म फोटोजेनिक व्यक्ति हुँ ।

म आफ्नो फोटोहरु साझेदार गर्न पनि सक्छु । तर, मान्छेहरु भन्छन् यो फोटो साझेदार नगर, यो साझेदार नगर ।’ उनी थप्छन्, ‘मैले आफ्नो सोशल मिडिया अकाउन्ट व्यवस्थापन गर्नका लागि आफ्नो व्यवस्थापकसँग कुरा गर्नुपर्ने हुन्छ ।

फेरी उनले भन्नेछन् कि यस्तो गर्नु राजनीतिक हिसाबले गलत छ । त्यसैले मैले यस्तो गर्नुपर्छ भन्ने कुनै अर्थ छैन ।’ आफ्नो फोटोहरु पोस्ट गर्नका लागि नभई पैसा आर्जन गर्नका लागि भने सामाजिक सञ्जालको प्रयोग गर्नसक्ने उनले बताए ।

सैफ भन्छन्, ‘यसबाट धेरै पैसा कमाउन सकियो भने सामाजिक सञ्जालमा सक्रिय हुनसक्छ । केवल यही एउटा मात्र कुरा हो, जसले मलाई सामाजिक सञ्जालप्रति आकर्षित गर्न सक्छ ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.