कलाकार उम्मेदवारलाई अग्रता लिनै सकस : रेखा थापा र हिमेश पन्त तेस्रोमा पछ्याउँदै - Crazysaptahik.com

कलाकार उम्मेदवारलाई अग्रता लिनै सकस : रेखा थापा र हिमेश पन्त तेस्रोमा पछ्याउँदै

अभिनेत्री रेखा थापा र कमेडी च्याम्पियन हिमेश पन्त चुनावी मैदानमा उत्रिएका कलाकार हुन् । रेखा राप्रपाको तर्फबाट मोरङ–३ र हिमेश राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धादिङ–१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु हुन् ।

आज (बुधबार) बिहानसम्मको मतगणनामा यी दुबै उम्मेदवार तेस्रो स्थानमा पछ्याइरहेका छन् । यी दुबैभन्दा अघि सत्ता गठबन्धन र एमाले उम्मेदवारले अग्रता लिइरहेका छन् । मोरङ–३ को मतगणनामा तेस्रो स्थानमा रहेकी रेखाको मत १ हजार ८७७ (बिहान ७ बजेसम्म) रहेको छ ।

कांग्रेसका सुनिलकुमार शर्मा ८००५ मतसहित अग्रस्थानमा छन् । धादिङ–१ मा हिमेश पन्त तेस्रो स्थानमा छन् र बिहान सात बजेसम्म उनको मत ४४४३ छ । अग्रस्थानमा रहेका एकीकृत समाजवादीका उम्मेदवार तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको मत १३ हजार ६०८ छ ।

तुलनात्मकरुपमा राम्रो मत ल्याउन अभिनेत्री तथा राप्रपा उम्मेदवार थापालाई मुस्किल परिरहेको देखिन्छ । चुनावपूर्व सामाजिक संजालमा रेखाको चर्चा निकै थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.