‘छक्का पन्जा ४’को डिजिटल राइट बिक्यो - Crazysaptahik.com

‘छक्का पन्जा ४’को डिजिटल राइट बिक्यो

निर्माण सम्पन्न भएर प्रदर्शनको लागि तयार चलचित्र ‘छक्का पञ्जा ४’ को डिजिटल राइट ओएसआरले खरिद गरेको छ । ओएसआर डिजिटल र दीपक राज गिरिबीच केही दिन अघि मात्र कागजी सम्झौता भएको छ।

ओएसआरका संचालक ओम प्रकाश अग्रवालका अनुसार ‘छक्का पञ्जा ४’ को ब्रान्ड भ्यालु अनुसार राम्रै मूल्यमा डिजिटल राइट ओएसआर डिजिटलले लिएको हो। आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘छक्का पञ्जा–४’लाई हेमराज बिसीले निर्देशन गरेका हुन्।

फागुन १९ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेललगायत कलाकारहरूको अभिनय रहेको छ ।

दीपक–दीपा प्रस्तुतकर्ता रहेको फिल्ममा कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् । फिल्मका छायांकार नरेन्द्र मैनाली हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.