गायक कान्ये वेस्टले सन् २०२४ मा अमेरिकी राष्ट्रपति चुनाव लड्ने - Crazysaptahik.com

गायक कान्ये वेस्टले सन् २०२४ मा अमेरिकी राष्ट्रपति चुनाव लड्ने

अमेरिकी  गायक कान्ये वेस्ट अमेरिकी राष्ट्रपति चुनावको दौडमा फर्किएका छन् । यो अचम्म मान्नुपर्ने कुरा हैन तर, सन् २०२४ को राष्ट्रपति चुनावमा उनी लड्नेछन् । संगीतसम्बन्ध विश्वचर्चित म्यागजिन बिलबोर्डका अनुसार यसै सप्ताहन्तमा गायक वेस्टले आफ्नो चुनावी अभियानको पुष्टि गरेका छन् ।

ट्वीटरमा फ्यानले पोस्ट गरेको भिडियोमा पनि गायक वेस्टले आफू यसतर्फ अघि बढिरहेको उल्लेख गरेका छन् । उक्त चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प प्रतिस्पर्धीको रुपमा होस् भन्ने चाहना पनि उनले राखेका छन् ।

ट्रम्पले हालै सन् २०२४ को चुनावमा उम्मेदवारी घोषणा गरिसकेका छन् । ‘विश्वास लाग्दैन कि मैले राष्ट्रपति ट्रम्पलाई पर्खिरहेको छु । २०२४ मा मैले उहाँलाई मेरो दौडने साथी बन्न सोध्दा उहाँको प्रतिक्रिया कस्तो थियो ?’ कान्ये वेस्टले ट्वीटरमा आफ्ना प्रशंसकलाई सोधेका छन् ।

वेस्टले यसअघि सन् २०२० मा अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने प्रयास गरेका थिए जसका लागि उनले बर्थडे पार्टी ब्यानरमा अभिनय सुरु गरेका थिए ।

सम्बन्धित खवर