‘आरआरआर’पछि स्पोर्ट्स ड्रामा ‘आरसी १५’मा काम गर्दै रामचरण - Crazysaptahik.com

‘आरआरआर’पछि स्पोर्ट्स ड्रामा ‘आरसी १५’मा काम गर्दै रामचरण

एसएस राजमौली निर्देशित ‘आरआरआर’बाट विश्वव्यापी चर्चामा आएका दक्षिण भारतीय अभिनेता रामचरणले नयाँ फिल्मको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा यसबारे पोस्ट गर्दै उनले अब बन्न लागेको फिल्म भारतव्यापी हुने समेत उल्लेख गरेका छन् ।

यो स्पोर्ट्स ड्रामालाई बुची बाबु सनाले निर्देशन गर्ने जनाइएको छ । ‘आरसी १५’ नाम राखिएको यो फिल्मबारे रामचरणले ट्वीटरमा पोस्ट गरेका छन्, जुन भाइरल बनिरहेको छ । उनले लेखेका छन्, ‘म यसलाई लिएर उत्साहित छु । बुची बाबु साना र पूरै समूहसँग मिलेर काम गर्न ।’

तस्वीरसँगै उनले अगाडि लेखेका छन्, ‘मेगा पावरस्टार रामचरण । लेखक तथा निर्देशक बुची बाबु साना ।’ पूरै भारतमा रिलिज हुने बताइएको यो फिल्मलाई विभिन्न भाषामा प्रदर्शन गर्ने जनाइएको छ ।

विवरणअनुसार यो स्पोर्ट्स ड्रामा आगामी डिसेम्बरदेखि छायांकन गर्ने तयारी छ । यतिबेला रामचरण अन्य केही फिल्ममा समेत व्यस्त छन् । हाल उनी फिल्म ‘शंकर’को छायांकन न्युजिल्याण्डमा गरिरहेका छन् ।

रिपोर्टअनुसार फिल्ममा उनले आईएस अफिसरको भूमिका निर्वाह गर्नेछन् । फिल्ममा उनको अपोजिटमा कियारा आडवाणी छिन् । यो एक्सन थ्रिलर फिल्म हो ।

यसबाहेक रामचरणको अर्को फिल्म ‘रंगस्थालम’को निर्देशकमा सुकुमार छन् । निर्देशक राजमौलीले बताएअनुसार रामचरणले यो फिल्मको सुरुवाती दृश्यको छायांकन सकेका छन् ।

सम्बन्धित खवर