अमरको अग्रता - Crazysaptahik.com

अमरको अग्रता

२५ नोभेम्बर २०१९ मा भारतको मुम्बाइमा भएको मिस्टर आइकन वल्र्डमा नेपालको प्रतिनिधि गर्दै मुम्बाइ पुगेको अमर ल्हायो मगरले तेस्रो स्थान हासिल गरे ।

सो उपाधि प्राप्त पश्चात अमरले भने –‘नेपालको नाम उच्च पारेको छु ।’ १० वटा देशको प्रतिस्पर्धामा नेपालबाट मगर मुम्बाइ पुगेका थिए । भारतको मुम्बाइमा भएको मिस्टर आइकन वल्र्डमा फिलीपिन्सका मार्टिन बिजेता बने ।

यस्तै दोस्रो भए भारतका आदित्य । अमरले तेस्रो हुँदै बेष्ट नेशनल कस्टुमको पनि उपाधि हात पार्न सफल भए । विभिन्न टाष्क र प्रतिभामा आकल्ण गरी थिएको अंकले र प्रश्नोत्तरका आधारमा निर्णय भएको थियो । केही समय यता नेपाली मोडलिङ क्षेत्रमा लागिपरेका अमरका लागि यो अघि बढ्ने खुड्किला सावित भएको छ ।

अमरले नेपालज नेफ्ट टप मोडेलमा पनि आफ्नो दरिलो सहभागी देखाएका थिए । सो प्रतियोगितामा पनि सफलता हात पारेका थिए । उक्त कार्यक्रममा फिलीपिन्स, भारत, नेपाल लगायत १० वटा देशको प्रतिस्पर्धा भएको थियो ।

मगरले मिस्टर आइकन वल्र्ड नेपालको उपाधि आफ्नो पोल्टामा पारिसकेपछि दोस्रो संस्करणको यस मिस्टर आइकन वल्र्ड प्रतियोगितामा आफूले नेपालको प्रतिनिधित्व गर्न पाएकोमा अत्यन्त हर्षित भएको बताए ।

सम्बन्धित खवर