आजआम्बारीको चासोक तङ्नाममा राम लिम्बू आउने, भब्य सम्मानको तयारी - Crazysaptahik.com

आजआम्बारीको चासोक तङ्नाममा राम लिम्बू आउने, भब्य सम्मानको तयारी

काठमाडौं । किरात याक्थुम चुम्लुङ उर्लाबारीले दी भ्वाईस अफ नेपालका बिजेता राम लिम्बूलाई सम्मान गर्ने भएको छ । चासोक मेलाको समापन कार्यक्रममा रामलाई दोसल्ला र सम्मानपत्रले सम्मान गर्ने भएको हो ।

झापाका राम लिम्बूले दी भ्वाईस अफ नेपाल जितेसँगै आफु र आफ्नो समुदायको नाम राखेकोमा सम्मान गर्न लागेका हौ, आयोजक समितिका नारद लुङ्फुवाले भने ‘ रामलाई हाम्रो गाउँमा सम्मान गर्न पाउदाँ खुशी छौ । रामलाई सम्मान गर्न किराती लिम्बू लगायत स्थानीय आतुर रहेका छन् । रामको उत्कृष्ठ गायकी देखेर उर्लाबारीका साथै यहाँबाट बिदेश जानुहुने अग्रजहरुले सहयोग गर्नुभएको थियो । मेचु धिमाल र बिकास लिम्बूलाई पनि सम्मान गर्ने कार्यक्रम भएपनि उहाँहरुको कार्य व्यस्तताले नसकिएको आयोजकको भनाई छ । राम लिम्बु साँझ ६ बजे आउँने कार्यक्रम रहेको छ ।

सम्बन्धित खवर