सञ्चारकर्मी तिम्सिना सम्मानित - Crazysaptahik.com

सञ्चारकर्मी तिम्सिना सम्मानित


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे नगरका सञ्चारकर्मी, कलाकार एवम् साहित्यकार भूपेन्द्रराज तिम्सिनालाई आइतबार इलामको चुलाचुलीमा सम्मान गरिएको छ ।

चुलाचुली रंगमञ्चको सातौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दहालले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै तिम्सिनालाई सम्मानित गरे ।

अढाई दशकदेखि नेपाली पत्रकारिता, साहित्य र कलाकारितामा पुर्याउनु भएको योगदान तथा चुलाचुली रंगमञ्चका गतिविधिलाई प्रोत्साहित गर्दै आएवापत उनलाई सम्मानित गरिएको संस्थाका संस्थापक अध्यक्ष चेतन आङ्थुपोले कार्यक्रममा उल्लेख गरे ।

सम्बन्धित खवर