गायक राजेश पायल राईले भिजिट नेपाल २०२० लाई मध्यनजर गरी ‘वेल कम टु नेपाल…’ गीतको लिरिकल म्यूजिक भिडियो सार्वजानिक गरेका छन् ।
राईले आफ्नो अफिसियल युट्युव च्यानल दर्शन नमस्ते इन्टरटेनमेन्टबाट आज सो भिडियो सार्वजानिक गरेका हुन् । गायनमा उनलाई वैशाली लामाले साथ दिएकी छिन् ।
अंग्रेजी र नेपाली शब्दहरु प्रयोग गरिएको यस गीतको रचना स्वाप्नील बरालले गरेका हुन् । एकोस्टिक स्टुडियोमा रेकर्ड गरिएको सो गीतमा बादल लिम्बुको एरेन्ज र रेकडिस्ट राजा बाबु र अजय सिंह कार्कीको रहेको छ भने मिक्स प्रकाश मिश्रको रहेको छ । गीतको संगीत थम्बनेलमा बादल लामा लेखिएको भएपनि बादल लिम्बुले भरेका हुन् ।
भिडियो हेर्नुहोस :–