एलेन मगर र सृष्टिको फिचरिङमा “माछी खेल्यो” (भिडियो सहित) - Crazysaptahik.com

एलेन मगर र सृष्टिको फिचरिङमा “माछी खेल्यो” (भिडियो सहित)


क्रेजी साप्ताहिक
काठमाडौँ । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राई र एलेन मगरको आवाजमा रहेको रोमान्टिक गीत “माछी खेल्यो” गीतको भिडियो सार्वजनिक गरिएको छ । युवा युवती विचको माया र त्यागलाई गीतमा निकै रमाइलो तरिकाबाट ब्यक्त गरिएको छ ।

आफनो मायालुलाई फकाउनको लागी गीतमा प्रेमका सुवासयुक्त भावनालाई कलात्मक रुपमा व्यक्त गरिएको छ । दिनेश सुवेदीको शब्द तथा एलेन मगरको संगीत र रिकेश गुरुङको एरेन्ज रहेको छ । नवराज उप्रेतीको छायाँकन, मिलन विश्वकर्मा र विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । “माछी खेल्यो” गीतको भिडियोमा निकै रुचाइएका मोडल एलेन मगर र सृष्टि खड्काको फिचरिङ रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ः

सम्बन्धित खवर