'आइसी डिजाइनर रनवे’का लागि मोडलहरु छनौट - Crazysaptahik.com

‘आइसी डिजाइनर रनवे’का लागि मोडलहरु छनौट

काठमाडौं । ‘आइसी डिजाइनर रनवे’का लागि २० मोडल छानिएका छन् । दरबारमार्ग स्थित म्याग्नम् लाउन्जमा शनिबार भएको अडिसनबाट यी मोडल छानिएका हुन् ।

अडिसनबाट छानिएका मोडल यही चैत ८ गते होटल हायात रिजेन्सीमा आयोजना हुने ‘आइसी डिजाइनर रनवे’ नामक फेसन सोमा र्याम्पमा प्रस्तुत हुनेछन् । भारतीय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोरले आवश्यक प्रशिक्षण् सहित उनीहरुलाई अहिलेसम्मकै फरक तरिकाले र्याम्पमा प्रस्तुत गर्ने आयोजकले बताएको छ । ‘आइससी डिजाइनर रनवे’ एक उत्कृष्ट फेसन सो हो । बिगत धेरै बर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन सोमा २३ मोडलको सहभागीता रहने फेसन शोको म्यानेजमेनट जिम्बेवारी नेक्स्ट मोडल्स नेपालले जानकारी दिएको छ ।

३४ डिजाइनरले तयार पारेका पहिरनका आकर्षक डिजाइन सोमा र्याम्पमा प्रस्तुत हुनेछ । ‘आइसी डिजाइनर रनवे’को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी गराइन् ।

अडिसनमा आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला, कर्म्सियल फोटोग्राफर राजभाई सुवाल, पुर्व मिस नेपाल उषा खड्गी, मोडल अभिनेत्री श्रृजना रेग्मी निर्णायक रहेका थिए ।

सम्बन्धित खवर