'दाईको साली...' सार्वजनिक - Crazysaptahik.com

‘दाईको साली…’ सार्वजनिक

काठमाण्डैँ। गायक सजल न्यौपाने र गायिका सम्झना पाण्डेले जुवारी भाकामा नयाँ गीत दाईको सालीको भिडियो सार्वजनिक गरेका छन् । विवाहमा हुने बिधिबद कार्यक्रमलाई भिडियोमा देखाईएको छ । सो भिडियोमा प्रकाश सपुत र आँचल शर्माको अभिनय रहेको छ । यी दुईले बेहुला र बेहुली तर्फबाट प्रतिनिधित्व गर्दै अभिनय गरेका छन् ।

सजल न्यैपाने र सझना पाण्डे पाण्डेको स्वरमा रहेको गीतलाई सजल न्यैपानेले लेखेका हुन् । गीत सझना पाण्डेकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतलाई महेश्वरमान राजभण्डारीले मिक्सिङ गरेका हुन् ।

सो भिडियोलाई अनुप चापागाईंले निर्देशन गरेका हुन् भने निशल पौडेलले छायंकन गरेका हुन् । गीतको भिडियोमा सुवोल थापाको कोरियोग्राफी र स्वस्तिका श्रेष्ठको मेकअप रहेको छ । भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।

भिडियो:

सम्बन्धित खवर