आचल र मुकुन सररर.... - Crazysaptahik.com

आचल र मुकुन सररर….

काठमाण्डैँ । आचल शर्मा र मुकुन भूसाल अभिनित सररर बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गाउँको टिपीकल कथा जोडिएको सो भिडियोलाई रेडस्टूडियो ईन्टरटेण्डमेन्टले सार्वजनिक गरेको हो । नेपाली लोकलयमा आधारित सो गीतमा मौलिक नेपाली बाजाहरुको प्रयोग गरिएको छ ।

गीतमा मेलीना राई र राजेश घिमीरेको स्वर रहेको छ । एकतारे सबिन र सरोज परियारको शब्द रहेको उक्त गीतमा गायक घिमिरेकै संंगीत रहेको छ ।

निकेश खड्काले निर्देशन गरेको भिडियोमा दुईको प्रेमीको प्रेमभाव उतारिएको छ । हरि हुमागाईं र हरिश सिंहको छायांकनमा बनेको भिडियोमा अनिता ग्वाचाको मेकअफ र प्रवीण श्रेष्ठको सम्पादन रहेको छ ।

सम्बन्धित खवर