साथी परागलाई ट्वीटरमा फलो गरिदिनु भन्दै श्रेयाले गरेकी थिइन् फ्यानसँग रिक्वेस्ट - Crazysaptahik.com

साथी परागलाई ट्वीटरमा फलो गरिदिनु भन्दै श्रेयाले गरेकी थिइन् फ्यानसँग रिक्वेस्ट

बलिउड गायिका श्रेया घोषालका लागि मंगलबार एकदमै खुसीको दिन बन्यो । किनकि, उनका बाल्यकालदेखिका साथी पराग अग्रवाल माइक्रोब्लगिङ साइट ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् ।

यस अवसरमा श्रेयाले सामाजिक सञ्जालमार्फत परागलाई बधाई तथा शुभकामना दिएकी छन् । जब परागको नाम ट्वीटरको सीईओका रुपमा सार्वजनिक भयो, तत्कालै श्रेयाले उनलाई ‘खास उपलब्धि’ भन्दै बधाई दिइन् । यसपछि श्रेया र परागबीच भएको च्याट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

श्रेयाले ट्वीट गरेकी छनु, ‘पराग बधाई । तिमीप्रति धेरै गर्व छ । यो हाम्रो लागि एकदमै महत्वपूर्ण दिन हो ।’श्रेया र परागको मित्रता धेरै पुरानो हो । उनीहरु बाल्यकालमा एउटै स्कुलमा पढेका थिए ।

रमाइलो कुरा के छ भने सन् २०१० मा भर्खर–भर्खर ट्वीटर चलाउन थालेका परागलाई गायिका श्रेयाले आफ्नो साथीलाई फलो गर्न भन्दै आफ्ना प्रशंसकहरुलाई रिक्वेस्ट गरेकी थिइन् ।

१० वर्षअघि मेरा साथीलाई ट्वीटरमा फलो गर्न भन्दै प्रशंसकहरुलाई रिक्वेस्ट गरेकी श्रेयाका साथी पराग उक्त माइक्रोब्लगिङ साइटकै सीईओ बन्न सफल भएका छन् ।

सम्बन्धित खवर