सलोन भन्छन्– कसैको प्रेममा पौडिरहेको छु - Crazysaptahik.com

सलोन भन्छन्– कसैको प्रेममा पौडिरहेको छु

नायक सलोन बस्नेतको चर्चा उनले चलचित्रमा निर्वाह गरेको भूमिकाका कारण नै बढी हुने गर्छ । सलोनले बाल्यकालदेखि नै चलचित्र यात्रा शुरु गरेका हुन् । उनले अभिनय गरेका पछिल्ला केही चलचित्र हेर्ने हो भने उनी नायकभन्दा पनि चरित्र अभिनेताको रुपमा नै बढी जमेका छन् ।

यसकारण पनि चलचित्रमा उनी नायकको साथीको रुपमा बढी ‘डिमाण्डेड’ छन् । सलोन हिरो नै भएर काम गरेका चलचित्र भने चलेका छैनन् ।सलोनको जीवनमा प्रेमको चर्चा पनि निक्कै हुने गर्दछ । प्रेमको खबरले उनी बेलाबेलामा राम्रैसँग मिडियामा छाउने गर्छन् ।

यसैबीच, सलोनले अहिले आफू कसैको प्रेममा पौडिरहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘हो, म केही समयदेखि कसैको प्रेममा छु । तर, उनी चलचित्र क्षेत्रभन्दा बाहिरकी हुन् ।’

सलोनले कसैको प्रेममा रहँदा जिन्दगी नै फरक हुने बताए । सलोनले प्रेमिकाको नाम भने खुलाउन चाहेनन् । सलोन अभिनित चलचित्र ‘डाँडाको वरपीपल’ केही समयअघि रिलिज भएको थियो । तर, यो चलचित्र बक्स अफिसमा असफल भएको छ । उनी अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ चैतमा रिलिज हुँदैछ ।

सम्बन्धित खवर