‘गदर २’को छायांकन हुँदै, अमिषाले सेयर गरिन् सेटको तस्वीर - Crazysaptahik.com

‘गदर २’को छायांकन हुँदै, अमिषाले सेयर गरिन् सेटको तस्वीर

सन् २००१ को हिट चलचित्र ‘गदर’को सिक्वेल निर्माण भइरहेको छ । अभिनेत्री अमिषा पटेलले ‘गदर २’को फिल्म सेटको एक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

तस्वीरमा अमिषा सुन्तला रंगको पहिरनमा देखिएकी छन् भने अभिनेता सनी देवल रातो संगको कुर्ता पाइजामा लगाएका छन् । तस्वीर सार्वजनिक भएसँगै प्रशंसकहरुले विभिन्न प्रतिक्रिया दिएका छन् ।

सनी र अमिषा अभिनित ‘गदर’ २००१ मा रिलिज भएको थियो । १९ करोड भारुमा बनेको यो चलचित्रले त्यसबेला बक्स अफिसमा १३३ करोड भारु कमाएको थियो ।  सनी र अमिषाको जोडीलाई उक्त चलचित्रमा खुबै रुचाइएको थियो ।

अमिषा लामो समयदेखि स्क्रिनबाट टाढा छिन् । उनी सामाजिक सञ्जालमार्फत भने आफ्ना प्रशंसकहरुसँग जोडिन्छिन् । अब भने उनलाई ‘गदर २’मा हेर्न पाइने भएको छ ।

सम्बन्धित खवर