कानेपोखरीको त्रिपुरेश्वर महादेव मन्दिरमा बाला चतुर्दशी (फोटोसहित) - Crazysaptahik.com

कानेपोखरीको त्रिपुरेश्वर महादेव मन्दिरमा बाला चतुर्दशी (फोटोसहित)

क्रेजी संवाददाता
कानेपोखरी । आज शुक्रबार मंसिर कृष्ण चतुर्दशी अर्थात बाला चतुर्दशी । पशुपतिनाथ लगायत देशका विभिन्न शक्तिपीठहरूमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ । त्यसैगरी मोरङ कानेपोखरी ६ स्थित शिवालय टोलमा रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा पनि बिहानैदेखि शतबीज छर्नेको घुइँचो रहेको छ । बिहान ४ बजेदेखीनै भक्तजनहरूको उपस्तिथि रहेको र यो क्रम करिब ११ बजेसम्म रहने मन्दिर समितिका अध्यक्ष डोन्डर सिंह खड्काले बताए । उनले भने, ‘शतबीज छर्ने कार्य सकिएपछी दिउँसो सामान्य मेला लाग्नेछ’ ।

अघिल्ला वर्षहरूमा ३ दिनसम्म भव्यताका साथ सञ्चालन हुने मेलालाई यसपटक कोरोना कहर, लामो समय मेला सञ्चालन गर्दा व्यवस्थापनमा समस्या, सुरक्षा लगायतलाई मध्यनजर गर्दै आज शुक्रबार बालाचतुर्दशीको दिन मात्र विगतलाई निरन्तरता दिदैँ पितृहरुको नाममा शतबीज छरेर धार्मिकतालाई जोगाउने हिसाबले सामान्य रूपमा १ दिने मेला सञ्चालन गरिने त्रिपुरेश्वर महादेव मन्दिर समितिका सचिव हेमन्त घिमिरेले बताए ।

नेपालमा मनाइने विभिन्न धार्मिक संस्कृति मध्येको बालाचर्तुदशीलाई विशेष गरी सनातन हिन्दू धर्मअन्तर्गत विशिष्ट महत्वको मान्ने गरिन्छ। बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतबीज छर्ने गरिन्छ ।

बालाचर्तुदशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज रोपण गरिने गरिएको छ ।

यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ । सुरुमा सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेको गणेशमन्दिर नजिक आइपुगेपछि मूर्तिलाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गर्ने प्रचलन अर्को विशिष्टता हो ।

बोलीचालीको भाषामा शतबीउ छर्ने भनिने शतबीज रोपणले पितृको उद्धार हुन्छ भन्ने जनविश्वास छ ।

हर्नुहोस् तस्बिरमा :-

 

सम्बन्धित खवर