कानेपोखरीमा पुस ४ गतेदेखी १७ गतेसम्म मतदाता नामावली संकलन गरिदैं - Crazysaptahik.com

कानेपोखरीमा पुस ४ गतेदेखी १७ गतेसम्म मतदाता नामावली संकलन गरिदैं

क्रेजी संवाददाता
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा यहि पुस ४ गतेदेखी मतदाता नामावली संकलन गरिने भएको छ ।

मतदाता नामावली संकलनका लागि स्थानीय सहयोग, समन्वय तथा प्रचार प्रसार समितिको शुक्रबार बसेको बैठकले गाउँपालिकाको कार्यालयमा संकलन स्थान राखेर प्रत्येक वडाको अलग–अलग रुपमा मतदाता नामावली संकलन गरिने भएको हो ।

प्रदेश निर्वाचन कार्यालयको पत्रानुसार १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिका साथै सो उमेर भन्दा माथिका मतदाता नामावलीमा नाम छुट व्यक्तिहरुका लागि पुस ४ गतेदेखी १७ गते सम्म फोटो सहितको मतदाता नामावली संकलन गरिने निर्णय भएको छ ।

समिति संयोजक तथा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि सहितको बैठकले पुस ४ गतेदेखि संकलन गर्ने निर्णय गरेको थियो । पुस ४ र ५ गते वडा नम्बर ६, पुस ६ र ७ गते वडा नम्बर ७, पुस ८ र ९ गते वडा नम्बर ५, पुस १० र ११ गते वडा नम्बर ४, पुस १२ र १३ गते वडा नम्बर २, पुस १४ र १५ गते वडा नम्बर ३ र पुस १६ र १७ गते वडा नम्बर १ मा वडाबासीका लागि मतदाता नामावली संकलन गरिने भएको छ ।

ती दिनहरुमा छुट हुनेका लागि पुस १८ गते नामावली संकलन हुनेछ । मतदाता नामावलीको त्रुटि सच्याउन, ठेगाना सार्न र बाहिरी जिल्लाका नागरीकहरुले नामावलीमा नाम दर्ता गर्न जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने निर्वाचन कार्यालयले उल्लेख गरेको छ ।

संकलन कर्ताले विहान १० बजेदेखी ४ बजेसम्म मतदाता नामावली संकलन गर्नेछ । मतदाता नामावलीको लागि चाहिने कागज संकलन नागरिकता, विवाहित महिलाले विवाह दर्ता, बसाई सरी आएको भए बसाई सराईको प्रमाण पत्र लिई स्वंयम उपस्थित हुनु पर्ने पत्रमा उल्लेख छ ।

सम्बन्धित खवर