मिडिया अवार्डले संचारकर्मीहरुलाई कामप्रति प्रोत्साहित गर्छः कमल जीसी - Crazysaptahik.com

मिडिया अवार्डले संचारकर्मीहरुलाई कामप्रति प्रोत्साहित गर्छः कमल जीसी

यसअघि गत बर्षकोे फागुणमा आयोजना भएको ‘दशौं नेफ्टा फिल्म अवार्ड’कोे व्यवस्थापनकोे सम्पूर्ण जिम्मा लिएको ड्रिम हाई नेपाल प्रा.लिले पुष महिनामा ‘नेपाल मिडिया अवार्ड २०७८’को आयोजना गर्दैछ । यो अवार्डले संचारकर्मीहरुको सम्मान र प्रोत्साहनमा महत्वपूर्ण योगदान गर्ने ड्रिम हाई नेपाल प्रालिका अध्यक्ष कमल जीसीले बताएका छन् ।

अवार्डको मुख्य प्रायोजकको रुपमा जोडिएको एल.आई.सी नेपाल(लाइफ इन्स्योरेन्स कर्पोरेशन प्रा.लि)सँग संझौता पत्रमा हस्ताक्षर गर्दै जीसीले मिडिया अवार्डलाई भव्य रुपमा सम्पन्न गर्ने बताएका हुन् । नेपाल पत्रकार महासंघसँगको सहकार्यमा ड्रिमहाई नेपालले यो अवार्ड आयोेजना गर्न लागेकोे होे ।

‘एलआइसी नेपाल मिडिया अवार्ड २०७८’ को आयोजना गर्न पाउँदा खुशी लागेको बताउँदै कमलले यो अवार्डलाई निरन्तरता दिने बताए । यो अवार्डकोे सह–प्रायोजनामा ‘ब्लुचिप अफ कम्पनी’ जोेडिएको पनि कमलले बताए ।

अवार्डको विश्वसनियतालाई देखेर नै विभिन्न अन्तरराष्ट्रिय कम्पनीहरु जोेडिएको बताउँदै कमलले अब आफूहरुमा झनै चुनौती थपिएको प्रतिक्रिया दिए । अवार्डमा टेलिभिजन, छापा, एफ.एम, अनलाइन पत्रकारिता अन्र्तगत विभिन्न संचार माध्यममा रहेर पछिल्लो एक बर्ष यता संचारकर्मीहरुले गरेको योगदानकोे मुल्यांकन गर्दै अवार्ड वितरण गर्ने तयारी आयोजकको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.