२०० करोडको मुद्दाका मुख्य आरोपी चन्द्रशेखरसँग ज्याकलिन - Crazysaptahik.com

२०० करोडको मुद्दाका मुख्य आरोपी चन्द्रशेखरसँग ज्याकलिन

बलिउड अभिनेता सलमान खान आफ्नो नयाँ चलचित्र ‘अन्तिम’को रिलिजपछि शुक्रबार रियादमा कन्सर्ट गर्ने तयारीमा छन् । ‘द ब्याङ्ग टूर’ नाम दिइएको यो कन्सर्टमा सलमानसँगै शिल्पा सेट्टी, ज्याकलिन फर्नान्डेज, प्रभु देवा, सुनिल ग्रोवर, कमल खान लगायतले आफ्नो प्रस्तुति दिने तयारी थियो ।

तर, अब यो सूचीबाट अभिनेत्री ज्याकलिन फर्नान्डेजको नाम हटाइएको छ । ज्याकलिनलाई केही दिनअघि मात्र रियाद उड्ने क्रममा मुम्बईको विमानस्थलबाट नै फर्काइएको थियो । अब यो टूरमा सलमानका ज्वाइँ आयुष शर्मा जोडिएका छन् ।

ज्याकलिन दुई सय करोडको मनी लाउण्डेरिङ मुद्दामा फसेकी छन् । त्यसकारण उनीमाथि इडीले अनुसन्धान गरिरहेको छ । सोही मुद्दाका कारण ज्याकलिनलाई भारत बाहिर जान नदिइएको हो । ज्याकलिनलाई अभिनेत्री डेजी शाहले यो टूरमा ‘रिप्लेस’ गरेको खबर समेत बाहिरिएको छ ।

यो मुद्दाका मुख्य आरोपी सुकेश चन्द्रशेखर अहिले प्रहरी हिरासतमा छन् । सुकेशसँग ज्याकलिनको प्रेम रहेको खबर पनि बाहिरिएको थियो । इडीले दिल्लीको अदालतमा ज्याकलिन र नोरा फतेहीको नाम समावेश गर्दै मुद्दा समेत दायर गरेको छ । सुकेशले उनलाई महंगा गिफ्ट दिएको स्वीकार गरिसकेको र यो मुद्दाको बलियो प्रमाणको रुपमा ज्याकलिनलाई लिएको प्रहरीले बताएको छ ।

सम्बन्धित खवर