विल्सन विक्रमलाई पुत्रीलाभ - Crazysaptahik.com

विल्सन विक्रमलाई पुत्रीलाभ

हास्य कलाकार विल्सन विक्रम राईलाई पुत्रीलाभ भएको छ । विल्सनकी श्रीमती सरिना लामाले बिहीबार बिहान झापाको विर्तासिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । छोरी जन्मिएपछि खुशी बाँड्दै विल्सनले  भने, ‘छोरीको आगमनसँगै आफूलाई निक्कै भाग्यमानी ठानेको छु । आमा र छोरीको अवस्था निक्कै नै राम्रो छ ।’

विल्सनका अनुसार छोरीको तौल ३ केजीको छ । विल्सनका दुई वर्षका छोरा पनि छन् । विल्सनले छोरीको नाम सभ्यता बी राई राखेको पनि जानकारी दिए । नेपाली हास्य क्षेत्रमा ‘मेरी बास्सै’ नामक हास्य सिरियलमा काम गरेपछि विल्सनको चर्चा चुलिएको थियो ।

यो सिरियलमा उनी ‘तक्मे बुढा’को नामबाट परिचित भएका हुन् । यसपछि उनले केही चलचित्रमा पनि काम गरे । विल्सन पछिल्लो केही समयदेखि भने झापामा घरायसी जीवनमा नै बढी व्यस्त देखिएका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.