‘पिस एण्ड युनिटी अ म्युजिकल टुर’मा दीपकदेखि मेलिनासम्म - Crazysaptahik.com

‘पिस एण्ड युनिटी अ म्युजिकल टुर’मा दीपकदेखि मेलिनासम्म

सन् २०१९ मा पहिलो पटक आयोजना भएको ‘पिस एण्ड युनिटी अ म्युजिकल टुर’ अर्को वर्ष आयोजना हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जापानबाट शुरु हुने टुर यूरोपका विभिन्न देशमा पुगेर सकिने जानकारी दिइयो ।

यसअघि आयोजना भएको टुर युरोपका विभिन्न देशमा भएको थियो । यसपटक म्युजिकल टुरमा गायक सञ्जय श्रेष्ठ, दीपक बज्राचार्य, एड्रिन प्रधान, गायिका मेलिना राई र तृष्णा गुरुङ सहभागी हुनेछन् ।

अप्रिलबाट जुलाईसम्म हुने यो टुरको शुरुआत जापानबाट हुने पिस एण्ड युनिटीका अध्यक्ष मनिष श्रेष्ठले जानकारी दिए । जुलाईमा अमेरिकामा पुगेर यो टुरको समापन हुने श्रेष्ठले बताए । यो टुरका लागि कलाकारहरुसँग न्यूनतम पारिश्रमिकमा सहमति भएको मनिषको भनाइ छ ।

उनले भने, ‘टुरबाट हुने नाफाको ८० प्रतिशत रकम पिस एण्ड ब्युटीफुल चिल्ड्रेन वेलफेयर’ नामक संस्थालाई च्यारिटी गरिनेछ । पत्रकार सम्मेलनमा उपस्थित कलाकारहरुले च्यारिटीका लागि आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.