विक्की–कट्रिनालाई बधाई दिँदै अनुष्काले लेखिन्– अब कन्स्ट्रक्सनको आवाज सुन्नुपर्ने छैन - Crazysaptahik.com

विक्की–कट्रिनालाई बधाई दिँदै अनुष्काले लेखिन्– अब कन्स्ट्रक्सनको आवाज सुन्नुपर्ने छैन

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलले बिहीबार विवाह गरे । तीन दिनसम्मको विवाह कार्यक्रम सकेर कटिङ र विक्की मुम्बई फर्किंदैछन् । विक्की र कट्रिनालाई बलिउडकर्मीहरुले शुभकामना दिइरहेका छन् ।

तर, अभिनेत्री अनुष्का शर्माको शुभकामना भने अरुभन्दा फरक छ । अनुष्काले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘तपाईंहरुको सुन्दर जोडीलाई बधाई छ । आशा गर्छु कि, तपाईंहरु दुई जनाले समझदारीका साथ जीवनलाई अगाडि बढाउनुहुनेछ ।

यो कुराले म निक्कै खुशी छु कि, आखिरमा तपाईंहरु वैवाहिक जीवनमा बाँधिनु नै भयो । अब, तपाईंहरु आफ्नो नयाँ घरमा आउन सक्नुहुनेछ । हामीले अब कन्स्ट्रक्सनको आवाज सुन्नुपर्ने छैन ।’ अनुसार अब विक्की र कट्रिना उनको छिमेकी बन्नेछन् ।

विवाह अगाडि विक्कीले एक आलिशान घरको खोजी गरेका थिए । केही महिनापछि उनलाई जूहू इलाकामा आलिशान अपार्टमेन्ट मिलेको थियो ।  भारतीय सञ्चारमाध्यमका अनुसार सोही अपार्टमेन्टमा अनुष्का र विराट कोहलीको पनि घर छ ।

विक्कीले ३६ महिनाका लागि यो अपार्टमेन्ट भाडामा लिएका हुन् । जसका लागि उनले १.७५ करोड रुपैयाँ एडभान्स पनि दिइसकेका छन् ।

 

सम्बन्धित खवर