‘चन्दीगढ करे आशिकी’को सुखद् ओपनिङ - Crazysaptahik.com

‘चन्दीगढ करे आशिकी’को सुखद् ओपनिङ

बलिउड अभिनेता आयुष्मान खुराना अभिनित चलचित्र ‘चण्दीगढ करे आशिकी’ले बक्स अफिसमा सुखद् शुरुआत गरेको छ । दर्शक र समीक्षकबाट उत्कृष्ट समीक्षा पाएका कारण पनि यो चलचित्रको व्यापार शुक्रबार भन्दा शनिबार करिब ३० प्रतिशतले बढेको छ ।

यो चलचित्रले शुक्रबार ३.७५ करोडको कमाइ गरेको थियो । तर, शनिबार चलचित्रको व्यापार ४.८७ करोड छ ।दुई दिनमा ८.६२ करोडको कमाइ गरेको यो चलचित्रले विकेन्ड कलेक्सन सुखद् गर्ने देखिएको छ ।

चलचित्रमा आयुष्मान र नायिका वाणी कपूरको मुख्य भूमिका छ । चलचित्रमा नायक आयुष्मान खुराना फरक कथा रोज्न सिपालु छन् । त्यसैले उनको चलचित्रलाई लिएर दर्शकको उत्साह पनि बेग्लै हुने गर्दछ ।

सम्बन्धित खवर