प्रेमी विक्कीसँग अंकिताले गरिन् विवाह - Crazysaptahik.com

प्रेमी विक्कीसँग अंकिताले गरिन् विवाह

कलाकार अंकिता लोखन्डे वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले आफ्ना प्रेमी विक्की जैनसँग बिहे गरेकी हुन् । विवाहपछि सामाजिक संजालमा तस्वीर शेयर गर्दै अंकिताले आफू मिसेस जैन भएको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, ‘प्रेम धैर्यता हो, तर हामी होइनौं । सरप्राइज । अब हामी औपचारिक रुपमा नै मिस्टर एण्ड मिसेस जैन भएका छौं ।’ अंकिताले बिहेपछि रिसेप्सन पार्टीको आयोजना गरेकी थिइन् ।  उनको पार्टीमा टेलिभिजन दुनियाँसँग जोडिएका थुप्रै कलाकार उपस्थित थिए ।

अंकिता र विक्की केही समयदेखि प्रेम सम्बन्धमा थिए । अभिनेता सुशान्त राजपुतसँग ६ वर्ष लामो प्रेम सम्बन्धमा रहेकी अंकिता ब्रेकअपपछि विक्कीसँग जोडिएकी थिइन् । अंकिताले बिहे गरेपछि भने सुशान्तका फ्यानहरु असन्तुष्ट देखिएका छन् ।

सम्बन्धित खवर