आयुष्मानको ‘चण्डीगढ करे आशिकी’को पाँच दिनसम्मको कमाइ १८ करोड - Crazysaptahik.com

आयुष्मानको ‘चण्डीगढ करे आशिकी’को पाँच दिनसम्मको कमाइ १८ करोड

बलिउड अभिनेता आयुष्मान खुराना नयाँ–नयाँ कथामा काम गर्न रुचाउँछन् । उनको पछिल्लो चलचित्र ‘चण्डीगढ करे आशिकी’ अहिले सिनेमा हलमा प्रदर्शन भइरहेको छ ।

लिंग परिवर्तन गरेर पुरुषबाट महिला बनेकी एक युवतीको प्रेमीको भूमिका निभाएका आयुष्मानको यो चलचित्रले बक्स अफिसमा पनि राम्रो कलेक्सन गरिरहेको छ ।

चलचित्रले रिलिजको पाँच दिनसम्म १८ करोड भारु भन्दा बढीको व्यापार गरेको छ । ‘चण्डीगढ करे आशिकी’ले रिलिजको पहिलो दिन ३.७५ करोड आम्दानी गरेको थियो ।

दोस्रो दिन ४.८७, तेस्रो दिन ५.८१ र चौथो दिन २.१५ करोडको व्यापार गर्न सफल भयो । यस्तै पाँचौं दिन यो चलचित्रले १.९० करोडको व्यापार गरेको छ । यो चलचित्रमा वाणी कपूर पनि मुख्य भूमिकामा छिन् ।

सम्बन्धित खवर