अभिताभ, रणवीर र आलियाको ‘ब्रम्हास्त्र’को मोशन पोस्टर लञ्च - Crazysaptahik.com

अभिताभ, रणवीर र आलियाको ‘ब्रम्हास्त्र’को मोशन पोस्टर लञ्च

बलिउड अभिनेता अमिताभ बच्चन, रणवीर कपूर र अभिनेत्री आलिया भट्ट स्टारर चलचित्र ‘ब्रम्हास्त्र’को मोशन पोस्टर सार्वजनिक गरिएको छ ।

बहुप्रतीक्षित यो चलचित्रको मोशन पोस्टर भारतको राजधानी नयाँदिल्लीको त्यागराज रंगशालामा लञ्च गरिएको हो । एक पौराणिक कथामा आधारित ‘ब्रम्हास्त्र’ भारतका पाँच भाषा हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नडमा उपलब्ध हुनेछ ।

पोस्टर लञ्च कार्यक्रममा रणवीर र आलियाले हातमा हात मिलाएर एकअर्काको खुबै प्रशंसा गरेका थिए । रणवीरले चलचित्रका निर्देशक अयान मुखर्जीको पनि प्रशंसा गर्दै आफ्नो करिअरको महत्वपूर्ण निर्देशक बताए ।

चलचित्रमा रणवीर एक सुपरहिरोको अवतारमा देखिने जनाइएको छ । चलचित्रमा अभिताभ र आलियाका साथमा साउथका सुपरस्टार नागार्जुन पनि मुख्य भूमिकामा छन् ।

सम्बन्धित खवर