नीता र हरिहर : एकसाथ काम गर्ने, प्रेम सम्बन्धबारे नबोल्ने - Crazysaptahik.com

नीता र हरिहर : एकसाथ काम गर्ने, प्रेम सम्बन्धबारे नबोल्ने

‘मलाई हरिहर अधिकारीजीले आफ्ना सबै पूर्व प्रेमिकाको विषयमा बताउनुभएको छ । मलाई उहाँको हरेक कुरा थाहा छ ।’ बिहीबार बेलुकी काठमाडौंको चिकेन स्टेसनमा भेटिएकी नायिका नीता ढुंगानाले आफ्ना नजिकका साथी हरिहर अधिकारीको विषयमा भनिन् ।

हरिहरले पनि नीताको विषयमा आफूलाई धेरै कुराको विषयमा जानकारी भएको बताए । हरिहर र नीता एकसाथ जोडिएको केही वर्ष भयो । यसपछि उनीहरु गहिरो प्रेममा रहेको चर्चा चलचित्र बजारमा नचलेको होइन ।

तर, नीता र हरिहरले भने एकअर्काको प्रेममा रहेको विषयमा मुख खोलेका छैनन् । हरिहर र नीता नयाँ चलचित्रको तयारीमा समेत छन् । हरिहर भन्छन्, ‘हामी चलचित्र बनाउने विषयमा पनि छलफलमा छौं ।

कुन चलचित्र पहिले बनाउने भन्ने विषयमा पक्का भइसकेको छैन ।’ हरिहरले एपीवान टीभीमा शुरु गरेको नयाँ टक शोको निर्देशक नीता नै हुन् । यो शोमा हरिहरले नीताको समेत अन्तरवार्ता गरेका छन् ।

नीता भन्छिन्, ‘शायद दर्शकका लागि यो भाग अझ विशेष हुनेछ ।’ हरिहर र नीता विवाहको तयारीमा समेत रहेको खबर सार्वजनिक नभएका होइनन् । बिहीबार पनि यो जोडीले प्रेमको प्रश्नलाई छल्ने कोशिश बारम्बार गरेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.