कानेपोखरी ५ मा राष्ट्रिय युवा संघ गठन, अध्यक्षमा भट्टराई चयन - Crazysaptahik.com

कानेपोखरी ५ मा राष्ट्रिय युवा संघ गठन, अध्यक्षमा भट्टराई चयन

कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कानेपोखरी गाउँपालिकाको ५ नं. वडा कमिटी गठन भएको छ ।

रमाइलो क्याम्पसमा शनिबार भएको भेलाले खिलराज भट्टराईको अध्यक्षतामा ५१ जना सदस्य कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा अनुप राई, सचिवमा शंकर धिमाल, सहसचिवमा भूपेन्द्र राई र धनश्याम विक चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा अर्जुन राई, सन्तोष मगर, अनिल चौधरी, केशर गुरुङ, रविन धिमाल, कमल धिमाल, निखिल धिमाल, भिमप्रसाद कोइराला, सञ्जु ठाकुर, इन्द्र पौडेल लगायत सदस्य रहेका छन् ।
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री शिवमाया तुम्बाहाम्फेको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी विशिष्ट अतिथि अनुशासन आयोग केन्द्रिय सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम, अतिथिहरु जिल्ला सदस्य भोला अधिकारी, गाउँपार्टी सचिव चरण गुरुङ, राष्ट्रिय युवा संघ मोरङ अध्यक्ष नवीन पौडेल, ५ नम्बर पार्टी अध्यक्ष युवराज लुइटेल रहेका थिए । कार्यक्रम संचालन नरहरि न्यौपानेले गरेका थिए भने सभाध्यक्षता राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी संयोजक अशोक फुयलले गरेका थिए ।

सम्बन्धित खवर