जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान - Crazysaptahik.com

जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

कानेपोखरी । मोरङ कानेपाेखरी २ का युवा समाजसेवी सविन थापाले सोही स्थानमा रहेको बाल संसार अङ्ग्रेजी स्कुलका ४५ जना जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन ।

शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित औपचारिक कार्यक्रमका बिच कापी, पेन्सिल लगायतका शैक्षिक सामग्री थापाले विद्यार्थीहरूलाई प्रदान गरेका हुन । विद्यार्थीको पढाईमा थप हाैंसला मिलोस भन्ने उद्धेश्यका साथ सो सामग्रीहरू प्रदान गरिएको थापाले जानकारी दिए ।

बाल संसारका प्रधानाध्यापक राजेन्द्र भण्डारीले सहयोगी थापालाई धन्यवाद दिदैँ आगामी दिनमा पनि विद्यालयलाई थप हाैसला पुग्ने सहयोगको आशा रहेको बताए।

कार्यक्रममा भुमि दुलाल, मनाेज राजवंशी, सहारा नेपाल रमाईलाे शाखाकी प्रमुख कुसुम चुडाल,  लगायतकाे उपस्थिति रहेकाे थियाे ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.