विमल पौडेलको निर्देशनमा ‘दी प्रेमपूजा–२’ घोषणा - Crazysaptahik.com

विमल पौडेलको निर्देशनमा ‘दी प्रेमपूजा–२’ घोषणा

तीन दशकअघि ‘प्रेमपूजा’मार्फत अभिनयमा प्रवेश गरेका विमल पौडेलले नयाँ चलचित्र ‘दी प्रेमपूजा–२’ घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी पौडेलले नेपाल र बेल्जियममा छायांकन हुने जानकारीसहित कलाकार तथा प्राविधिक टिम घोषणा गरेका हुन् ।

‘बी कम्पनी’को निर्माण तथा ‘क्याराभान नेपाल’को प्रस्तुति रहेको चलचित्रमा सफल पौडेल, एलिजा श्रेष्ठ र रजनी केसीको मुख्य भूमिका रहनेछ । अन्य कलाकारहरूमा सुवास गजुरेल, बबी रोजा ढकाल, सविता कार्की, मनिषा केसी, दिनेश कुँवर, लक्ष्मण नेपाल रहेका छन् ।

यस्तै दयाराम दाहालको गीत रचना र हरि भुसालको संगीत रहेको छ भने छायांकनमा महेन्द्र थापा तथा सहनिर्देशकको रुपमा विनय गौतम रहेका छन् । ‘तीन दशकपछि आफ्नो पुरानो टोली र नयाँ कलाकारसहित दी प्रेमपूजा–२ घोषणा गरेको छु,’ लेखन तथा निर्देशक दुवैको भूमिकामा रहेका पौडेलले भने, ‘कोभिड महामारीले गर्दा संकटमा परेको चलचित्र क्षेत्रमा नयाँ उर्जा दिने उद्देश्यले यो चलचित्र बनाउन लागेको हुँ ।’

कलाकार सुवास गजुरेलले दी प्रेमपूजा–२ विदेशमा छायांकन गर्ने भनिएपनि मूल कथावस्तु नेपाली समाज र संस्कृतिकै रहेको बताए । उनले भने, ‘मौलिक नेपाली स्वादको स्तरीय सिनेमा बनाउन सक्यो भने नेपाली सिनेमाको उत्थान हुन्छ । प्रेमपूजाले त्यो पूरा गरोस् भन्ने शुभकामना दिन चाहन्छु ।’

तीन दशकदेखि नेपाली चलचित्रमा सक्रिय विमल पौडेलको निर्देशनमा यसअघि किसान, जनयुद्ध, नागरिक, पोखराकी कालीलगायत चलचित्र बनिसकेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.