गरिमा शर्मा भन्छिन्– पहिलो फिल्म नै अन्तिम नहोस् भन्नेमा सजग छु - Crazysaptahik.com

गरिमा शर्मा भन्छिन्– पहिलो फिल्म नै अन्तिम नहोस् भन्नेमा सजग छु

म्युजिक भिडियोमा राम्रै सफलता पाइरहेकी मोडल गरिमा शर्मा चलचित्रमा पाइला चाल्ने तयारीमा छिन् । उनलाई केही चलचित्रबाट अफर पनि आइरहेको छ । चलचित्र ‘सुदूर’बाट गरिमालाई अफर आएको चर्चा भएपनि अहिले सेलाएको छ ।

गरिमालाई अन्य केही चलचित्रबाट पनि अफर गएको छ । तर, सम्झौता नगरेसम्म सार्वजनिक नगर्ने गरिमा बताउँछिन् । पहिलो चलचित्रका लागि आफू अत्यन्तै सजग रहेको उनको भनाइ छ । गरिमा भन्छिन्, ‘पहिलो चलचित्र नै अन्तिम चलचित्र नहोस् भन्ने हरेकको चाहना हुन्छ ।

मलाई दर्शकले म्युजिक भिडियोमा साधारण भूमिकामा देखिरहनुभएको छ । भोलि मैले चलचित्रमा निर्वाह गर्ने भूमिका मलाई सुहाउँछ कि सुहाउँदैन भन्नेमा म सजग हुनैपर्छ ।’

नेपाली चलचित्रमा नयाँ नायिकाको खोजी भइरहेको समयमा अहिले म्युजिक भिडियोमा चलेका मोडलहरु पनि धेरै मेकरको नजरमा परेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.