उदक साहित्य, एक्काइसौं शताब्दीका मलामी,लक्ष्मी प्रसाद फुयाल - Crazysaptahik.com

उदक साहित्य, एक्काइसौं शताब्दीका मलामी,लक्ष्मी प्रसाद फुयाल

एक्काइसौं शताब्दीका मलामी

मलामी
लासबोक्न नमान्ने
चीता पखाल्न नपर्खने।।

मलामी
हिंडेर नजाने
सलामी दिएर फर्कने।।

मलामी
बाटामा भेटर
घाटमा नपुग्दै फर्कने।।

मलामी
ठुला बडामा जुट्ने
गरिव असाहयकामा छुट्ने।।

मलामी
मलिन अनुहार
आफ्ना कर्मको लेखाजोखा।।

लक्ष्मी प्रसाद फुयाल
पथरी शनिश्चरे मोरङ

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.