२ सय करोडमा बनेको ‘८३’लाई समीक्षा सकारात्मक, ओपनिङ कमजोर - Crazysaptahik.com

२ सय करोडमा बनेको ‘८३’लाई समीक्षा सकारात्मक, ओपनिङ कमजोर

सन् १९८३ मा भारतले विश्वकप क्रिकेटको उपाधि जितेको कथामा बनेको चलचित्र ‘८३’लाई समीक्षक र दर्शकले उत्कृष्ट बताएका छन् । यो चलचित्रको समीक्षा उत्कृष्ट आएपनि खराब रिलिज डेटका कारण चलचित्रले बक्स अफिसमा बम्पर शुरुआत भने गर्न सकेन ।

यो चलचित्रले शुक्रबार भारतीय बक्स अफिसमा १२.६२ करोड भारुको व्यापार गरेको थियो । शनिबार क्रिसमसको बिदा भएपनि बक्स अफिसमा उछाल भने आउन सकेन । भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रले शनिबार १७ करोड हाराहारीको व्यापार गरेको छ ।

दुई दिनको व्यापारले चलचित्रको महंगो बजेटलाई छुने सम्भावना कमजोर देखिएको छ । यो चलचित्र निर्माणका लागि दुई सय करोड खर्च गरिएको छ । शुरुआती व्यापारले चलचित्रले लगानी उठाउने सम्भावना निक्कै कम देखिएको छ ।

रणवीर सिंह र दीपिका पादुकोणको मुख्य भूमिका रहेको यो चलचित्रलाई कविर खानले निर्देशन गरेका हुन् । चलचित्रले सबैभन्दा बढी कमाइ गर्ने भारतको महाराष्ट्रमा नाइट कफ्र्यू लागेको छ । यस्तै, दर्शक पनि हलमा ५० प्रतिशत भन्दा बढी बस्न पाउँदैनन् । जसकारण पनि चलचित्रको व्यापार कमजोर देखिएको बताइएको छ ।

सम्बन्धित खवर