भारतीय गायिका असीस कौर कन्सर्टका लागि नेपाल आउने - Crazysaptahik.com

भारतीय गायिका असीस कौर कन्सर्टका लागि नेपाल आउने

चर्चित भारतीय गायिका असीस कौरको काठमाडौंमा कन्सर्ट हुने भएको छ । असीसको आगामी जनवरी ८ मा काठमाडौंको दरबारमार्गस्थित क्लब प्लेटिनममा ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्ट हुने आयोजक फेलिज इन्टरनेशनल इभेन्टले जनाएको छ ।

नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने चाहना पूरा गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको इभेन्टका सीईओ शाहिल खानले जानकारी दिए । कन्सर्टका लागि असीस जनवरी ७ मा काठमाडौं आउनेछिन् ।

कार्यक्रममा असीस कौरका अलावा नेपाली गायक याबेश थापाको समेत प्रस्तुति रहने जनाइएको छ ।असीस कौरको पछिल्लो समय ‘राता लम्बिया’ गीत निकै हिट छ । उनले इण्डियन आइडल, आवाज पञ्जाब दी लगायतका विभिन्न गायन रियालिटी शोमा भाग लिएकी थिइन् ।

सन् २०२० मा खुदा हाफिज फिल्मको ‘जान बन गए’ बोलको गीतले उनलाई चर्चामा ल्याएको हो । ‘तमाचे’ चलचित्रको ‘दिलदारा रिप्राइज’बाट बलिउड गायनमा डेब्यु गरेकी असीसले त्यसयता थुप्रै चलचित्रका गीतमा आफ्नो स्वर दिइसकेकी छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.