पारिश्रमिक नदिने मेकरको नाम सार्वजनिक गर्ने पारमिताको चेतावनी - Crazysaptahik.com

पारिश्रमिक नदिने मेकरको नाम सार्वजनिक गर्ने पारमिताको चेतावनी

नेपाली चलचित्र वा म्युजिक भिडियोमा काम गर्ने कलाकार, प्राविधिकदेखि निर्देशकसम्म पारिश्रमिक नपाएर हैरान भएका खबर आइरहेका हुन्छन् ।

पारिश्रमिक नपाएर हैरान भएपछि उनीहरु कहिलेकाहीं सामाजिक सञ्जाल त कहिले मिडियामा दुःखेसो त पोख्ने गर्छन् । तर, पनि यो क्रम रोकिएको छैन ।

पारिश्रमिककै विवाद कहिलेकाहीं मिडियामा छताछुल्ल हुने गरेको छ । मोडल तथा अभिनेत्री पारमिता आरएल राणाले पनि आफूले पारिश्रमिक नपाएको गुनासो सामाजिक सञ्जाल मार्फत व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै पारमिताले पारिश्रमिक नपाउँदा निक्कै दुःख लागेको उल्लेख गरेकी छन् । उनले पारिश्रमिक पाउन बाँकी मेकरहरुको नाम समेत सार्वजनिक गरिदिने चेतावनी समेत दिएकी छन् ।

पारमिताले लेखेकी छन्, ‘मलाई यो भनिरहँदा दुःख लागेको छ । तर, एउटै विकल्प यही नै हो । मैले एउटा चलचित्रमा काम गर्दा त्यसको पारिश्रमिक एक वर्षपछि मात्र पाएकी छु ।’

पारमिताले नेपाली म्युजिक तथा चलचित्र क्षेत्रमा काम गर्न आउनेहरु यो विषयमा पहिले नै मानसिक रुपमा तयार हुनुपर्ने सुझाव समेत दिएकी छन् ।

नेपाली चलचित्र, म्युजिक भिडियो र मोडलिङ क्षेत्रमा काम गर्दाको पारिश्रमिक नपाएर बारम्बार भाका सारेको कुराले दिक्क भएको उनको तर्क छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.