कोरोना देखिँदा गसिप बनाएको भन्दै भड्किन् अनिल कपूरकी छोरी रिया - Crazysaptahik.com

कोरोना देखिँदा गसिप बनाएको भन्दै भड्किन् अनिल कपूरकी छोरी रिया

कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन विश्वका विभिन्न देशमा जस्तै भारतमा पनि फैलिन थालेको छ । केही दिनयता बलिउड सेलिब्रटीहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिरहेको खबर आइरहेका छन् ।

हालै मात्र बलिउड अभिनेता अर्जुन कपूर, अंशुला कपूर, रिया कपूर र उनका पति करण बुलानीमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना संक्रमण भएपछि रियाले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी दिएकी छन् ।

साथै आफ्नो निजी स्वास्थ्यका विषयलाई लिएर गसिप बनाएको भन्दै उनले आक्रोश समेत पोखेकी छन् । रियाका अनुसार उनी पतिसँगै होम क्वारेन्टिनमा छिन् । उनको स्वास्थ्य अवस्था पनि ठीक छ ।

पतिसँगै बसेर उनले एउटा फिल्म हेरेको र त्यसबेला आफ्नी बहिनी सोनम कपूरको खुब याद आएको उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

तर, आफ्नो स्वास्थ्य अवस्थालाई लिएर अनावश्यक गसिप लेखेर भ्रम फैलाएकोमा भने उनले आक्रोश व्यक्त गरेकी छन् ।चकलेट बाहेक अन्य खानेकुराको स्वाद खराब लागेको भन्दै रियाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘ज्यादै नै सावधानी अपनाउँदा अपनाउँदै पनि म कोरोना संक्रमित भएको छु ।

यो महामारीको प्रकृति पनि हो । तर यो थाहा भएन कि मेरो वा कसैको निजी स्वास्थ्यको जानकारी समाचार वा गसिप किन बन्छ ? यसको जानकारी सरकारी तथा अन्य आधिकारिक स्वास्थ्य निकायलाई मात्रै हुनु जरुरी छ ।

किनकि, उनीहरुले आफ्नो काम राम्ररी गर्न सकुन् ।’ कोरोना पोजेटिभ रिपोर्ट आउनुअघि रियाले केही हप्ता पहिले घरमा पार्टी आयोजना गरेकी थिइन् ।

गत महिना पनि उनी आफ्ना साथी करिना कपूर, करिश्मा कपूर, मलाइका अरोडा, अमृता अरोडा लगायतसँग डिनर पार्टीमा सहभागी भएकी थिइन् । करिना र अमृतालाई यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.