फेरि रेखाको बिहे चर्चा - Crazysaptahik.com

फेरि रेखाको बिहे चर्चा

अभिनेत्री रेखा थापालाई निर्माता छविराज ओझासँग वैवाहिक जीवनबाट अलग भएपछि सोधिने प्रश्न हुन्छ, अब बिहे कहिले गर्नुहुन्छ ? रेखा र छवि एक दशक लामो वैवाहिक जीवनबाट अलग भएपछि रेखा चावहिल मित्रपार्कको अपार्टमेन्टमा बस्दै आएकी छन् ।

करिब दुई दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रेखाले एक दशक त एकछत्र राज नै गरेकी थिइन् । त्यसबेला रेखाको प्रेम सम्बन्धको चर्चा विभिन्न अभिनेताहरुसँग भयो । जति धेरै रेखाको प्रेमको चर्चा भयो त्यति नै उनको अभिनेताहरुसँग बोलचाल बन्द भएको खबर पनि सार्वजनिक भयो ।

विराज भट्ट, निखिल उप्रेती, आर्यन सिग्देलसँग रेखाको सम्बन्ध लामो समयसम्म बिग्रियो । विराजसँग त अहिले पनि रेखाको सम्बन्ध सुमधुर छैन ।अब फेरि रेखाको बिहेको चर्चा शुरु भएको छ । आगामी वर्ष आफूले विवाह गर्ने रेखाले बताउन थालेकी छन् ।

हुन त रेखाले बिहे चाँडै गर्छु भनेर जवाफ दिएको यो पहिलो पटक भने होइन ।रेखाले राम्रो केटा भेटेको खण्डमा आफूले अर्को वर्ष विवाह गर्ने पुरानै जवाफ दिएकी छन् । यसले कतै रेखा थापा प्रेममा त छैनन् भन्ने खालका अड्कलबाजी पनि लगाउन थालिएको छ ।

तर, यसअघि पनि रेखाले बारम्बार बिहेको वर्ष घोषणा गरेर टारेकी थिइन् । त्यसैले यसपटक पनि रेखाको यो जवाफ बारम्बार सोधिने प्रश्नबाट बच्नका लागि त होइन भन्ने अड्कल लगाउन सकिन्छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.