चलचित्र ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक - Crazysaptahik.com

चलचित्र ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक

काठमाडौँ सहरलाई चिसो एस्ट्रेका रुपमा विम्बितगर्दै तयार भएको चलचित्र ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मका मुख्य पात्रलाई चिनाउँदै गाउँले केटोलाई सहरको हावा कसरी लाग्छ भन्ने कथा प्रस्तुत गरेको छ ।

चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई दिन्श पाल्पालीले निर्देशन गरेका हुन् । उनले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथाफिल्ममा प्रस्तुत गरेको बताएका छन् ।

निर्देशक दिन्शले कविभूपी शेरचनले धेरै अघि नै काठमाडौँलाई चिसो एस्ट्रेको विम्बको रुपमा प्रस्तुत गरेको र फिल्मउनको सोही विम्बबाट प्रभावित भएको पनि बताएका छन् । ‘त्यसैले फिल्मपनि सकभर पोइटिक हिसाबले नै बनाउनखोजेका छौँ,’ उनले भने । उनले फिल्मले पाश्चात्य चलचित्रले युवामा पार्ने प्रभावलाई पनिकथ्यमा समेटेको बताएका छन् ।

फिल्ममा दिव्य देव, नवीनलम्साल, निकुनश्रेष्ठ, सुशील राज पाण्डे, रवीनतामाङर सृष्टि श्रेष्ठ आदिकलाकारको अभिनय रहेको छ ।
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् ।फिल्मको सह निर्मातामा भने रुपेश ढुंगाना र नविन ढुंगाना रहेका छन् । निर्माता महेश बाबु तिमल्सिनाले फिल्म मेहनत गरेर बनाएको र अब दर्शकबीच प्रस्तुत गर्न उत्सुक रहेको बताए ।

फिल्ममादिन्शले लेखन, निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । फिल्ममा संगीत भने अजर जंगमको रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्जवल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् । फिल्म यही वर्षको चैत ४ मा सार्वजनिक हुँदैछ ।

टिजर भिडियो हेर्नुहोस् :-

 

सम्बन्धित खवर