हलिउड साइन्स–फिक्सन फिल्म ‘अवतार : वे अफ वाटर’ले नेपाली बक्सअफिसमा ३ करोड रुपैयाँको आँकडा पार गरेको छ । चार दिन (सोमबार)सम्म फिल्मले ३ करोड ४० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हलिउड स्टुडियो डिज्नेको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।
विकडेजको अकुपेन्सीमा गिरावट आएपछि फिल्मले दोस्रो सप्ताहन्तसम्म ५ करोडको आँकडा छुने प्रक्षेपण गरिएको छ । शुक्रबार, शनिबार र आइतबार तीन दिनमा फिल्मले २ करोड ९६ लाख कमाएको थियो ।
विकडेजमा दैनिक कमाइ ५० लाख हारहारीमा देखिएको छ । बलियो ‘वर्ड अफ माउथ’को कारण शुक्रबार र शनिबार पनि फिल्मलको कमाइमा बढोत्तरी हुने विश्लेषण छ ।
वर्ष २०७९ मा ‘स्पाइडरम्यान : नो वे होम’ले नेपालमा ७ करोड ३० लाखको लाइफटाइम कलेक्सन गरेको थियो । ‘डक्टर स्ट्रेन्ज २’ले चार करोडभन्दा बढी कमाइ गरेको थियो ।
स्टुडियो डिज्नेले आइतबारसम्मको कमाइ सार्वजनिक गरेको जसमा तीन दिनमा फिल्मले विश्वब्यापी ४४१.६ मिलियन डलर कमाएको उल्लेख छ । चीनमा भने फिल्मले अपेक्षित कमाइ गर्न सकेको छैन ।
कोभिड–१९ महामारीको कारण चीनले अहिले पनि कतिपय क्षेत्रमा बन्द कायमै राखेको छ ।फिल्मले आइतबारसम्म भारतमा १२९ करोड कमाइ गरेको तरण आदर्शले उल्लेख गरेका छन् ।