‘मिसन इम्पोसिबल’ टिजर : अभिनेता टम क्रुजले जब जहाज र भीरबाट हामफाले - Crazysaptahik.com

‘मिसन इम्पोसिबल’ टिजर : अभिनेता टम क्रुजले जब जहाज र भीरबाट हामफाले

हलिउड अभिनेता टम क्रुजले आगामी फिल्म ‘मिसन इम्पोसिबल’को छायांकनका केही भिडियो सार्वजनिक गरेका छन् जसमा केही खतरनाक स्टन्ट दृश्य देख्न सकिन्छ ।उनको यो एक्सनलाई हलिउडकै अहिलेसम्मको खतरनाक स्टन्ट मानिएको छ ।

क्रुज स्वयमले यो श्रृंखलाका अघिल्ला फिल्ममा मृत्युसँग लुकामारी गर्ने खालका दृश्य पस्किएका थिए । उनी ‘मिसन इम्पोसिबल’ शृंखलाको आगामी सातौं श्रृंखलामा मोटरसाइकलको साथ ठाडो चट्टानबाट हाम फालेको देखिनेछ ।

फिल्मको पहिलो टिजरमा उक्त दृश्यको झलक देखाइएको छ । यो भिडियोमा क्रुजले उक्त दृश्यका लागि आफूलाई कसरी तयारी गरे भन्ने देखाउँछ । भिडियोमा अभिनेता क्रुजको आवाज पनि समावेश छन् ।

उनी भन्छन्, ‘यो दृश्य हामीले अहिलेसम्म प्रयास गरेको सबैभन्दा खतरनाक एक्सन थियो । यसका लागि हामीले मोटरसाइकलबाट चट्टानमाथि हामफालेर बेसक्याम्पमा पुग्नुपर्ने हुन्छ । सानैदेखि नै मैले यस्तो दृश्य गर्न चाहन्थेँ ।’

भिडियोमा निर्देशक क्रिस्टोफर म्याक्वेरीले पनि भनेका छन्, ‘टमले यो मास्टर प्लानलाई पूर्णता दिन सबै विशेषज्ञलाई सँगै राखेर सहकार्य गर्न चाहेका छन् ।’

प्रशिक्षक र विज्ञले यो स्टन्टका लागि टम क्रुजले एकवर्ष बेस जम्पिङ र क्यानोपी तालिम लिएको जानकारी दिए । ती दृश्यमा क्रुजले विशेषज्ञसँग हवाईजहाजबाट हाम फालेको देखाउँछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.