दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुका लागि वर्ष २०२१ हिट फिल्मले खास रह्यो । तर, सन् २०२२ उनका लागि निकै चुनौतिपूर्ण देखियो । विशेषगरि स्वास्थ्यले उनलाई साथ दिएन ।
उनले यसवर्ष आफू कसरी मायोसाइटिसबाट पीडित भएँ र कसरी निको हुन लामो समय लाग्यो भन्ने कुरा सार्वजनिक गरिन् । ‘यशोधा’ अभिनेत्री यसअघि उपचारका लागि अमेरिका गएकी थिइन् ।
दक्षिण कोरिया जान सक्ने अनौपचारिक खबर पनि आएको थियो । सामन्थालाई लिएर यतिबेला नयाँ खबर छ । उनले अभिनयबाट विश्रामको तयारी गरेकी छन् । तेलुगु संचारमाध्यमले जनाएअनुसार सामन्थाले स्वास्थ्यमा ध्यान केन्द्रित गर्न र निको हुनको लागि फिल्मबाट लामो ब्रेक लिने निर्णय लिएकी छन् ।
विजय देवरकोंडा, कुशीसँगको उनको फिल्मको ६० प्रतिशत छायांकन पूरा भइसकेको छ र लामो ब्रेक लिनुअघि उनले यो फिल्मको काम सक्न चाहिन्छन् । साथै उनी आफूले साइन गरेका बलिउड फिल्मबाट पनि बाहिरिएकी छिन् किनभने उनी ती प्रोजेक्ट आफ्नो कारणले ढिलाइ होस् भन्ने चाहँदैनन्।
उनी पूर्णरूपमा निको भएर फिल्म्मा फर्केर यसअघि जस्तै उत्कृष्ट काम गर्न चाहन्छिन्’ उनका शुभेच्छुकले भने । पछिल्लो फिल्म ‘यशोदा’ प्रवर्द्धन गर्नको लागि आयोजित अन्तर्वार्तामा सामन्थाले आफ्नो स्वास्थ्यबारे बताएकी थिइन् ।
उनले भनिन्, ‘केही राम्रा र नराम्रा दिन पनि छन् । केही दिन ओछ्यानबाट उठ्न धेरै गाह्रो हुन्छ । तर केही दिन म लड्न चाहन्छु ।’ केही भारतीय मिडियाले उनको मृत्युको झूठो खबर पनि प्रसारण गरे ।
यसलाई सामन्थाले अफवाहमा विश्वास नगर्न आग्रह गरिन् । ‘तीन महिना भयो । म एउटा कुरा स्पष्ट गर्न चाहन्छुः म चाँडै मर्ने छैन । मैले जीवनमा धम्कीपूर्ण कुरा भन्दै धेरै लेखेको देखेँ र म यो स्पष्ट गर्न चाहन्छु कि म चाँडै मर्ने छैन ।
हो, यो स्वतः प्रतिरक्षा हो, यसले समय लिइरहेको छ र यो निकास र थकाइलाग्दो छ, तर म सधैं एक लडाकु भएको छु र म लड्न जाँदैछु ।’