लामो समयपछि करिश्मा र धिरेनको सहकार्य - Crazysaptahik.com

लामो समयपछि करिश्मा र धिरेनको सहकार्य

अभिनेत्री करिश्मा मानन्धर र अभिनेता धिरेन शाक्यले लामो समयपछि एकसाथ पर्दामा देखिएका छन् । ‘भोलि भन्ने नआउला कतै’ बोलको गीतमार्फत उनीहरूले पुनः सहकार्य गरेका हुन् ।

तोप्देन भुटिया र रानी शाक्यको स्वर रहेको गीतको भिडियोमा करिष्मा र धिरेन रोमान्टिक अवतारमा देखिएका छन् । पुरन गिरीको शब्द, दिवस गुरुङको संगीत, ड्यानिएल गडालको एरेन्ज रहेको गीतको भिडियो सोनाम पाख्रिनले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन, सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा छ ।

 

 

सम्बन्धित खवर