सुशील श्रेष्ठ स्टारर ‘द आउट ल’को पोस्टर सार्वजनिक, दशैंमा रिलिज गर्ने योजना - Crazysaptahik.com

सुशील श्रेष्ठ स्टारर ‘द आउट ल’को पोस्टर सार्वजनिक, दशैंमा रिलिज गर्ने योजना

अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका हुने फिल्म ‘द आउट ल’को निर्माण घोषणा गरिएको छ । अंग्रेजी नयाँवर्ष २०२३ को छेकोमा निर्माताले फस्टलुक पोस्टर सार्वजनिक गरेका हुन् । थिम टिजर पनि शुक्रबार नै सार्वजनिक भएको छ ।

फिल्ममा सुशीलको अपोजिटमा डेब्यु गर्ल शिक्षा संग्रौलाले अनस्क्रिन रोमान्स गर्नेछिन् । नरेश पौड्याल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी र महेश त्रिपाठीको पनि फिल्ममा अभिनय हुनेछ । एक्सन थ्रिलर जनरामा निर्माण हुने फिल्मले कानुन नमान्ने पात्रको कथा भन्छ ।

अनलाइनखबरसँग कुरा गर्दै अभिनेता श्रेष्ठले आफ्नो करिअरमा यो फिल्मले महत्वपूर्ण अर्थ राख्ने बताए । सन् २०१५ मा ‘होस्टेल रिटन्र्स’बाट अभिनय करिअर थालेका उनले सायद २, कारखाना र बादशाह जुटमा पनि अभिनय गरेका छन् ।

शिक्षा चाहिं मोडलिङ क्षेत्रमा सक्रिय छिन् । शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने फिल्मका कार्यकारी निर्माता विनोद कडायत हुन् । कडायत ‘प्रेमगीत ३’का कला निर्देशक समेत हुन् ।

निर्माता शशांक खड्काले छायांकनको तयारी पूरा भएको बताए । पुस २१ गतेदेखि छायांकन सुरु हुनेछ । ‘कथा दमदार छ । युवालाई लक्षित गरी कथा बनाइएको हो ।

पढेका र युवा टिममा भएकाले फिल्मको नतिजा राम्रो आउने विश्वास छ,’ खड्काले भने ।फिल्मलाई नवीन गुरुङले खिच्नेछन् । करिब दुई करोड रुपैयाँ बजेट रहने ‘द आउट ल’लाई आगामी दशैंमा रिलिज गर्ने योजना छ ।

सम्बन्धित खवर