आजबाट ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ प्रशारण हुने - Crazysaptahik.com

आजबाट ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ प्रशारण हुने

विश्वकै नम्बर १ डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को प्रशारण आजबाट हुँदैछ ।

हिमालय टेलिभिजनमा आज बेलुकी ८ बजेपछि यो शोको प्रिमियर हुँदैछ । आम सर्वसाधारणले नृत्य प्रतियोगीतामा प्रतिस्पर्धा गर्ने शैलीका कार्यक्रम यस अगाडि टेलिभिजनमा नआएका होइनन् । तर, स्टारहरुले नै रियालिटी शोमा सहभागी भएर नृत्य गरेको दर्शकले पहिलो पटक हेर्न पाउनेछन् ।

यो शोमा कलाकार, खेलाडी, गायक–गायिकाको प्रस्तुति दर्शकले हेर्न पाउनेछन् । आजको प्रिमियरमा शोमा नायक राजेश हमालको उपस्थितीले पनि दर्शकलाई मनोरञ्जन प्रदान अपेक्षा गर्न सकिन्छ । यो शोको निर्णायकमा नायक दिलिप रायमाझी, नायिका गौरी मल्ल र कोरियोग्राफर रेनशा वान्तवा राई छन् ।

शोमा सेलिब्रिटीहरु फुटबल खेलाडी हरि खड्का, लोकगायिका ज्योती मगर, कलाकार प्रशान्त ताम्राकार, गायक बुद्ध लामा, कलाकार रक्षा श्रेष्ठ, हाँस्य कलाकार उमेश राई, नायिका सुमी मोक्तान, ब्लाइन्ड रक्स गायिका श्रृष्टी केसी, कलाकार पूजा ठाकुर, टिकटक ट्विन दीपा–दमयन्ता, बाल नृत्य कलाकार देबयान्सी बैदवार छन् ।

यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजे प्रशारण हुने हिमालय टेलिभिजनले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.